नेपाली एकता समाज मलेशिया. Powered by Blogger.

Thursday, September 9, 2010

नेपाली एकता समाजका बरिस्ठ सदस्यको विदाई


योगेन्द्र योगेन/
क्वालालम्पुर मलेसिया


निलाई नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिस्ठ सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई सम्पन्न भएको थियो । विदाई भएर जाने प्रकास राईले नेपाली एकता समाज भित्र रहेर धेरै कार्यहरु गर्नु भएको थियो । वहालाई नेगरी सेम्बिलान स्थित निलाई क्षेत्रमा पर्ने युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा विदाई समारोह सम्पन्न थियो । सदस्य प्रकास बिदाई गर्न नेपाली एकता समाजका पदाधिकारीलगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।बिदाई भएर जाने सदस्य प्रकासलाई अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुबाट बिदाईको सुभकामना दिदै शुभ-यात्राको कामना गर्नु भएको थियो ।कार्यक्रमको संचालक रुद्र खतिवडाले गर्नु भएको थियो भने कार्यक्रम जीवलाल घिमिरेको सभापतित्योमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment